लकडाउन लब्याउने बारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।
सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदैछ। मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो त्यस पछि दुई पटक थपिएको लकडाउनको समय भोलि सकिँन लागेको छ।