नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चौध सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ४ सय १२ ले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन्।