चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने तयारी भएको छ।
चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले यससम्बन्धमा तयारी गरिरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ।
‘चिनियाँ विदेशमन्त्री वाङ यी नोभेम्बरको अन्त्यसम्ममा नेपाल आउने गरी तयारी गर्दैछौँ,’ उच्च सरकारी स्रोतले भनेको छ । स्रोतका अनुसार ‘भोलि यससम्बन्धी अन्तिम सूचना’ सार्वजनिक गरिनेछ।
