साइकल यात्रीलाई कमलामाईको सम्मान

बिश्व साइकल यात्री पुष्कर शाह सहितको साइकल यात्रीहरुको टोलि लाई कमलामाइ नगरप्रमुख खड्गवहादुर खत्रीले स्वागत गर्नुभएको छ ।
आज दिउँसो नगरप्रमुख खत्रीले सिन्धुलीगढी विजय उत्सवको अवसर पारेर काठमाडौबाट निस्केको साइकल यात्रीको समूहलाई खादा लगाएर सम्मान गर्नुभएको हो । सो अबसरमा नेकपा सिन्धुलीका सङगठन बिभाग प्रमुख एवम् नगर अध्यक्ष सूर्य पाख्रिन,, कमलामाइ नगरपालिकाका प्रवक्ता कर्ण घिसिंग वडाध्यक्षहरु देबराज पौडेललगायतले पनि साइकल यात्रीलाई सम्मान गर्नुभएको हो ।

फोटोः दिपेश वराल