राष्ट्रिय बाणिज्य बैंकले सुनकोशी गाउँपालिकामा उद्यमशिलता विकासका लागि सस्तो व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बाणिंज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालि अध्यक्ष दिपा दाहालका बीच आज राजधानी काठमाडौमा भएको संझौतापछि सस्तो व्याजदरमा कर्जा प्रवाह गर्न बैंक सहमत भएको हो । बैंकले महिलाका लागि १.७४.५ प्रतिशत र पुरुष उद्यमीका लागि २.७४.५ प्रतिशतमा कर्जा प्रवाह गर्नेछ । सो संझौताका लागि नेकपाका प्रदेश सासद राजन दाहाल एवम् नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको गाउँपालिकाका कानुन अधिकृत चिरञ्जिवी दाहालले जानकारी दिए ।