नेकपालेनै लिखित आरोप लगाइसकेपछि ओलीलाई हटाउनैपर्छ: बाबुराम भट्टराई

विपक्षी दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । एवम् पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटरमार्फत् सरकारको असफलता र भ्रष्टाचारबारे आफ्नै पार्टीबाट प्रश्न उठेको भन्दै ओलीलाई हटाउनैपर्ने बताएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको नेकपा सचिवालय बैठकमा ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।
यस्तै भट्टराईले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरे । हाउ यान्छीसँग राति साढे १० बजेसम्म बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री केपी ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका थिए ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी थिइन् । यता पार्टी विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका नेताहरुबीच पटकपटक छलफल भइरहेको छ ।