बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ ।










