ओली र राष्ट्रपतिबीच करिव दुई घण्टा छलफल

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार करिव दुई घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

स्रोतका अनुसार ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शितलनिवास पुगेका थिए।

नेकपामा विवाद उच्च तहमा पुगेका बेला हस्तक्षप गर्दै आएकी भण्डारीसँग यो बेला करिव दुई घण्टा छलफल गर्नुलाई महत्वका साथ हेरिएको छ।

ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई आरोपप्रत्यारोप, गालीगौलज र असन्तुष्ट छताछुल्ल पारेको भोलीपल्ट ओली शितल निवास पुगेका हुन्।

पार्टी सचिवालयमा अल्मतमा परेका ओलीले असन्तुष्ट प्रचण्डलगायत अन्य चार जना नेताहरुको आफूलाई पदबाट हटाउने रणनीति बिफल बनाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कि संसद विघटन गर्ने भन्नेमा केन्द्रित भएर निकटतमहरुसँग छलफल तिब्र पारेको स्रोत बताउँछ।