सिडिओको आदेश मान्दैनन् बाग्मती प्रदेशका कृषिमन्त्री दावा दोर्जे

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना संक्रमणको उच्च जोखिम रहेको जनाउँदै भिडभाडयुक्त कुनै पनि गतिविधी नगर्न दिएको आदेशलाई बागमती प्रदेशका भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले उलंघन गरेका छन् । दुधौली नगरपालिकामा सञ्चालित प्रदेशको गौरवको योजना अनुगमन गर्न गएका मन्त्री दोर्जेलाई चक्लाबन्दीका सञ्चालकहरुले साँस्कृतिक कार्यक्रम देखाएर मनोरञ्जन समेत गराए ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कार्तिक २७ गते एक सुचनाजारीगर्दे स्वास्थ्यका न्यूनतम मापदण्ड पालना नगर्ने व्यक्तिहरुलाई संक्रामक रोग निवारण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने उल्लेख गरिएको छ । तर उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बनेका मन्त्री दोर्जेले सरकारले तोकेको न्यूनतम् स्वास्थ्य मापदण्डलाई पालना गरेका छैनन् । कार्यक्रमको अग्र भागमा देखिएका मन्त्रीले मास्क पनि लगाएका छैनन् ।
मास्क नलगाएकै भरमा कारबाही भोगेका सिन्धुलीका सर्वसाधारणले भने १ सय रुपैयाँ जरिवानमा पर्दै आएकाछन् तर मन्त्रीनैं बिना कास्क कार्यक्रममा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।