स्वर्गिय उद्धब खड्काले देखाएको बाटोबाट अगाडि बढ्न नेताहरुको अपील

फिक्कल गाउँपालिकाको वडा नम्बर ५ सोल्पाठानामा निर्माण गरिएको उद्धव स्मृति पार्कको एक कार्यक्रमका बीच संघीय सांसद गणेश पहाडीले उद्घाटन गरेकाछन् ।
२०५४ सालमा साविक सोल्पाठाना गाविसमा नेकपा एमालेबाट निर्वाचित खड्काको अल्पायुमैं निधन भएपछि उहाँको सम्झनामा पार्क निर्माण गरिएको हो ।


वडा अध्यक्ष राजु बरालले फिक्कल गाउँपालिकाको १९ लाख ५० हजार र संघिय सांसद कोषको १४ लाख गरी कुल ३३ लाख पचास हजारमा स्मृति पार्क निर्माण सम्मपन्न गरिएको जानकारी दिए । पार्कमा पोखरी, छत सहितको प्रतिक्षालय, स्टेज, चाईनिज दुबोको गार्डेन तथा बस्ने चौतारो रहेका छन् ।

No description available.


गाउँपालिका उपाध्यक्ष पार्वति सुनुबारले विकास प्रेमि दुरदर्र्शी नेताका रुपमा रहनु भएका तत्कालिन अध्यक्षको सम्झानामा पार्क निर्माण गरिएको बताउनुभयो । राजनितिमा समाजसेवा र २० बर्ष पहिला उहाँले यहाँ सडक, विजुली लगायतका विकासका कुरा गर्दा आज साकार पार्दै उहाँको सम्झनामा पार्क निर्मार्ण गरिएको बताइन् ।

No description available.

वडा अध्यक्ष राजु बरालको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद गणेशकुमार पहाडी, पूर्व सांसद गंगा नेपाल, बगमति प्रदेश सभा सदस्य प्रदिप कटुवाल, लेखनाथ दाहाल, गाउँपालिका अध्यक्ष धनबहादुर कार्र्की, उपाध्यक्ष पार्वति सुनुवार, नेकपाका केन्द्रीय सदस्य कमलजंग राई, नेपाल कम्युनिष्ट पार्टी फिक्कल गाउँपालिका अध्यक्ष रामप्रसाद भण्डारी, नेपाल कांग्रेस सोल्पाठानाका वडा सभापति टंक बुढाक्षेत्री, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य द्धारिका काफ्ले लगायतले स्वर्गिय उद्धब खड्काले देखाएको बाटो र समाज निर्माणमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

No description available.


वि।सं। २०२८ साल बैशाख २८ गते जन्मनु भएका उद्धबको २०५८ साल बैशाख ११ गते उपचारको क्रममा निधन भएको थियो ।

No description available.