काठमाडौँ उपत्यकामा१४२८ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा सोमबार थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ।