प्रचण्डले बोलाए सचिवालय बैठक, बालुवाटारले भन्यो : त्यो गुटको भेला हो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो ३ बजेका लागि सचिवालयको अनौपचारिक बैठक डाकेका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा डाकिएको हो ।

बैठकका लागि सचिवालयका नौ जनालाई नै बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

तर बैठकमा नेकपा अध्यक्ष केपी ओलीनिकट नेताहरू नजाने देखिएको छ। ओली निकट सचिवालय सदस्यहरु ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल हुन् । उनीहरु ‘मन्त्रालयको काम छ’ भन्दै उक्त बैठकमा सामेल नहुने बताइन्छ ।

बालुवाटार श्रोतले भने उक्त बैठकलाई गुटको भेला हुन लागेको संज्ञा दिएको छ ।

प्रचण्डले प्रधानमन्त्रीलाई बैठकका लागि बोलाउन हैसियत नराख्ने श्रोतको दावी छ ।

बादल भने बैठकमा जाने कि नजाने भन्ने खुलेको छैन ।

स्रोतका अनुसार बैठक बोलाउने विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । तर सहमति नभएको बताइएको छ ।