सुस्मा भुजेल आत्महत्या प्रकरणः आरोपी श्रीमान जेल चलान

गत असोज १५ गते आत्महत्या गरिएकी भनिएकी पुष्पा भुजेल प्रकरणमा शंकास्पद देखिएका श्रीमान् गोपी थापालाई जिल्ला अदालत सिन्धुलीले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत सिन्धुलीको १७ कार्तिकको आदेश अनुसार मृतकको श्रीमान्लाई र्पुपक्ष थुनामा पठाएको हो । सो आदेशपछि थापालाई कारागार पठाइएको छ । आफ्नी बहिनी पुष्पालाई श्रीमान्सहितले कर्तव्य
गरी हत्या गरेको आरोप लगाउँदै दाई पवन भुजेलले उनीहरुका बिरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । आरोपीहरुका नाममा सिन्धुली
प्रहरीले माननीय तथा महिला नेतृहरुको दबाबपछि मात्रै जाहेरी दर्ता गरेको थियो ।
मृतकका आफन्तजनले प्रहरीले मुद्धा कमजोर बनाउन लागेको र छानवीन प्राभबित बनाउन लागेको भन्दै
सदरमुकाममा प्रदर्शनसमेत गरेका थिए । पुष्पाले आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेको
प्रहरीको प्रारंभिक प्रतिवेदन थियो भने घटना स्थलको अबस्था र छिमेकीको बयानललाई आधार बनाएर सिन्धुली प्रहरीले अनुसन्धानको दायरालाई पराकिलो बनाउँदै लगेको देखिएको छ ।