नेपालमा कोरोना संक्रमित १ लाख ६८ हजार २३५, निधन ९२०, घर फर्किनेको संख्या १ लाख २८ हजार ९५८ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप  ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा १३, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा १३४, तेह्रथुममा ३, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा ४, मोरङमा २५५, संखुवासभामा ३, सुनसरीमा १३७, सोलुखुम्बुमा २, धनुषामा १५, पर्सामा १७, बारामा १०, महोत्तरीमा ७, रौटहतमा १५, सप्तरीमा १६, सर्लाहीमा ५, सिरहामा २४, काठमाडौँमा १५०८, काभ्रेमा ७३, चितवनमा १२३, दोलखामा २७ र धादिङमा १९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नुवाकोटमा ३३, भक्तपुरमा १३१, मकवानपुरमा ८०, रामेछापमा ६, ललितपुरमा २४९, सिन्धुपाल्चोकमा १२, सिन्धुलीमा ५, कास्कीमा ११२, गोरखामा १३, तनहुँमा २५, नवलपरासीपूर्वमा २९, पर्वतमा १२, म्याग्दीमा ४, लमजुङमा ९, बागलुङमा ७, स्याङ्जामा १३, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ८, दाङमा ५१, नवलपरासीमा ८, पाल्पामा ७, बर्दियामा १९, बाँकेमा ४१, रुकुमपूर्वमा १, रुपन्देहीमा १२०, रोल्पामा १, कालिकोटमा २, जाजरकोटमा ३, जुम्लामा ६, डोल्पामा १, दैलेखमा १३, सल्यानमा १, सुर्खेतमा ७, हुम्लामा १, कञ्चनपुरमा १४, कैलालीमा २८, डढेलधुरामा ५, डोटीमा २, दार्चुलामा १ तथा बझाङमा १ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा मात्रै शुक्रबार थप १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ।

हाल देशभर ३०० जना कोरोना संक्रमितको आईसीयुमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।