दाङ: कोरोनाको संक्रमणको आशंका लागेका सबै व्यक्तिको स्वास्थ्य परिक्षण गर्न र्यापिड टेष्ट गर्न शुरु गरिएको छ। घोराहीमा रहेका तीन जनामा र्यापिड टेष्ट गर्दा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ।
घोराही–३ कुइरेपानीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका तीन जनामा गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो।
क्वारेन्टाइनमा बसेको १४ दिन भएका ब्यक्तिलाई परिक्षण गर्ने गरी तयार पारिएको र्यापिड डाइगनोष्टिक टेष्ट(आरडिटी) पहिलो चरणमा परिक्षण गरिएको हो।
दाङमा पहिलो पटक यसको प्रयोग गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङले आजदेखि स्थानीयस्तरमै यसको परिक्षण गरेको छ।
दाङमा एक सय वटा आरडिटी प्राप्त भएको छ । सबै स्थानीय तहका क्वारेन्टाइनमा बसेका व्यक्तिमा यसको परिक्षण गरिने जनाइएको छ।
रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई आइसोलेसन कक्षमा भर्ना गर्ने र प्रयोगशालामा थप परिक्षणका लागि स्वाब परिक्षण गर्ने संघीय सरकारले लक्ष्य लिएको छ।
दाङमा पहिलो पटक ९ जनामा यसको प्रयोग गर्ने लक्ष्य लिइएको छ।यस्तै तुलसीपुरमा रहेका ६ जनामा पनि र्यापिडको परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले जानकारी दिइन्।