कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन्।
कृष्णपुर नगरपालिका-४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ जाँदैछन्।
बुबाको हत्या गर्ने छोरालाई इप्रका झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ।