नेकपाका जिल्ला इन्चार्ज कोरोना मुक्त

नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी अनुवार कोरोना मुक्त हुनुभएको छ । दोस्रो पटक गरिएको पिसिआर परिक्षणमा नेता अधिकारीमा नेगेटिम देखिएको हो । उहाँले सामाजिक सञ्जालमा आफु कोरोना संक्रमण मुक्त भएको भन्दै यसरी लेख्नुभएको छः

काेराेना भाइरसबाट संक्रमित भई १३ दिनसम्म हाेम अाइसाेलेसनमा बसेपछि दाेस्राे परीक्षणको आज प्राप्त pcr रिपोर्ट अनुसार negetive अर्थात काेराेना संक्रमण मुक्त भएकाे ब्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ।ममा कोरोना संक्रमणको केही पनि लक्षणहरु थिएनन। मसंग सम्पर्कमा रहनुभएका साथी भाइलाई संक्रमण देखिए पछि आफूलाई लक्षण नदेखिने तर आफू रोगको बाहाक बन्न हुन्न भन्ने दायित्व बोधले परिक्षण गराँए।कोरोना संक्रमित भएको देखियो।धेरै शुभ चिन्तक साथी भाइ आफ्ना आफन्तको शुभेच्छा रहेकै कारण कोरोना संक्रमण मुक्त भएको छु।सबै शुभेच्छुक प्रति आभार एवं धन्यवाद अर्पण गर्दछु।यदि यो रोगप्रति सचेतन्ता नभएको भए र सामाजिक जिम्मेवारी बोध नगरिएको भए रोगको बाहाक हुने अवस्था हुन्थ्यो।हामी धेरै जनसम्पर्कमा रहने जिम्मेवार ब्यक्तिहरुले थोरै पनि सचेतन्ता गुमाउँदा हामी रोगको बाहाक बन्न सक्छौ!तसर्थ हामी थप सचेत बनौं;यस अवधिमा सार्वजनिक कार्यक्रम आयोजना नगरौं! नगराऔं!सामाजिक दूरी कायम गरौं;आफू पनि बचौं अरुलाई पनि बचाऔं!पुनः रोगबाट उन्मुक्ति पाउनको लागि मलाई विभिन्न माध्यमबाट हौसला प्रदान गर्नु हुने साथ सहयोग गर्नुहुने सबै सबै प्रति हार्दिक नमन,आभार र धन्यवाद अर्पण गर्दछु।