कोरोना संक्रमित नेकपाका केन्द्रीय सदस्यको बयानः स्थानीय सरकारले स्टिकर लगाएर राम्रो काम गर्यो

म केहि दिन देखि कोरोना भाइरस कोभिड १९ बाट संक्रमित छु । म मा कोरोना संक्रमणको विवरण बाहिर आएपछि धेरै साथीभाई र पार्टी नेतृत्वबाट पनि फोनहरु आए । स्वास्थ्यका विषयमा चासो र चिन्ता व्यक्त गरिए । कोरोना संक्रमण देखिएपनि अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या आएको छैन । मेरो स्वास्थ्य प्रति चासो र चिन्ता गर्नुहुने सबैजनहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
मैंले दुधौली नगरपालिका ४ स्थित आफ्नै निवासलाई होम आइसोलेशनको रुपमा प्रयोग गरिरहेकोछु । नगरपालिकाले होम आइसोलेशनझको स्टिकर (बोर्ड) लगाइ दिएको छ । नगरपालिकाले सो वोर्ड मेरो घरमा लगाई दिएकोमा मलाई राम्रो लागेको छ । त्यसबाट छरछिमेक, इष्टमित्र र साथीभाईहरु सचेत छन् । घरमा आवश्यक सामाग्रीहरु बजार वा अन्यत्रबाट ल्याउनु परेमा इष्टमित्र र साथीभाईले ल्याएर गेटमा झुन्ड्याई दिनुहुन्छ । अनि पछि हामीले ल्याएर त्यसलाई प्रयोगमा ल्याउँदै आएका छौं । स्टिकर टाँसेर किन हिनताबोध हुनु ? किन सामाजिक बहिष्कार मान्नु वा ठान्नु ? कोभिड १९ बाट सचेत भएर संक्रमित हुनबाट बच्नु राम्रो कुरा हो । त्यसकारण होम आइसोलेशनको स्टिकर वा बोड झुण्ड्याएकोमा स्थानीय तहले ठूलै अपराध गरेको झै सामाजिक सञ्जालमा कोकोहोलो मच्चाउनु गलत हो । राम्रो कुरालाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । यस्तो कुरा गलत हो जस्तो मलाई त लाग्दैन ।

Image may contain: outdoor
नेता दनुवारको निवासमा दुधौली नगरपालिकाले लगाएको स्टिकर । फोटोः प्रदेशखबर


दुधौली नगरपालिका वा स्थानीय तहले स्टिकरमात्र लगाएका छैनन्, उपलब्ध स्वास्थ्यकर्मी एवं जनप्रतिनिधिहरुले स्वास्थ्य अवस्थाप्रति पनि उतिकै चासो राख्नुभएको छ । यो रोगको रोकथाम एवं उपचारको लागि आ–आफ्नै किसिमका प्रयासहरु जारी राखेका छन् । यो रोगले धनी गरिव केही भन्दैन । यसले तल्लो जात र माथिल्लो जात पनि भन्दैन । त्यसैले हाम्रा दैनिक गतिविधी स्वास्थ्यका न्यूनतम मापदण्डलाई ख्याल गरेर सञ्चालन गरौं । आफ्नो टोल छिमेक र साथीभाईलाई सचेतिकरण गराऔं । केन्द्र र स्थानीय सरकार यसैको रोकथाम र नियन्त्रणका लागि कामहरु गरिरहेको छ । हामीले सरकारले गरेको कामलाई साथ दिनुपर्छ । लापरबाही र ह्लचेक्राई नगरौं । हाम्रा गतिविधी कोरोना ओसार पसारका माध्यम बन्न सक्छन्, त्यसैले सचेत बनौं ।
यसो गर्दा राम्रो हुन्छ कि उसो गर्दा राम्रो हुन्छ भन्दै गर्दा घरमै बसेर रोगबाट मुक्ति चाहनेहरुलाई गाउँघर, छरछिमेकी र समाजले अन्यथा नठानोस्, संक्रमित व्यक्ति लखर लखर हिंडेर अरुलाई कोरोना नसारुन भन्ने उद्देश्यले स्टिकर लगाइएको हुन सक्छ ।
सिन्धुली जिल्लामा पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि घरवेटी र टोलका मानिहरुले घरमा बस्न वा टोलमै पस्न नदिएको कुरा हामीले बिर्सनु हुँदैन । झन संक्रमितलाई टोल छिमेकमा गरिएका र्दुव्यवहार र अपमानका घटनाबाट हामी सबैले सकारात्मक पाठ सिक्नै पर्छ । त्यसैले कोभिड संक्रमण र त्यसले सिंगो देश र समाजमा पारेको असरलाई राम्ररी बुझेका तपाई हामीहरुले स्टिकर लगाउने कुरालाई सकारात्मकरुपमा लिंदा नै राम्रो हुन्छ । विषमलाल अधिकारी दनुवार

Image may contain: people standing, sky and outdoor

लेखकः संविधानसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज हुनुहुन्छ ।