पुरूषोत्तम दाहाल:
‘ हेलो पुरुषोत्तम जी, तपाईको अहिलेको अवस्था भन्नु त ?’
‘ श्वास फेर्न गाह्रो हुन्छ रे, सुत्ता ध्यान पु¥याउनु है ’
‘ ल बर्बाद भई गएछनी राम ! राम ! अलग्गै बस्नु है ’
‘ मेडम र नानीहरुलाई चै जोगाउनु है, तपाईलाई त खत्तम पारिगएछ नि ’
‘त्यो त कोरोना लागेको मान्छेको घर हो रे, यतैवाट फर्किउ ’त्यता तिर बाट नजाउ ’
यी माथिको केही मोवाइल संवादका अंशहरु र टोलमा व्यक्त गरिएका अभिव्यक्तिहरु हुन् । यस्ता शिलशिला असोज १५ गते देखि हालसम्म निरन्तर चलिरहेकै छ , सुन्नुपरेकै छ । मानौ मलाई त्यस्तो रोग लाग्यो अव म चाडै चितामाथि चड्न जादैंछु , यो समाजले मलाई विदाई कै हात हल्लाइरहेछ । प्रसंग सुरु गरौं , कोरोना संक्रमण पुष्टी भएपछि मोवाइल फोन प्राय ३ किसिमको अभिप्रायले आउने रहेछ । पहिलो स्वास्थ्य लाभको कामना जुन स्वभाविक छ घर परिवार, आफन्त ,साथीभाई, कर्मचारीमित्रहरु एवम् शुभेच्छुकहरुमा चिन्ता चासो हुनु र शिघ्र लाभहोस् भन्ने कामना गर्न आतुर हुनु ।
दोस्रो : यो कसरी देखिनेरहेछ के भयो भने चै शरिरमा कारोना संक्रमण छ भनेर अनुमान गर्ने जान्नको लागि फोन आउने रहेछ ।
तेस्रो : कोरोना संक्रमित मानिसलाई उर्जा हौसला हैन कि पुरै डिप्रेशन बनाउने खालको कल आउने रहेछ । यस्ता कल ले कमजोर मानसिकताका मानिसलाई दुर्घटना नजिक पु¥याएको हामीले प्रशस्तै सुन्न पाईरहेकै छौं । सिन्धुलीमाढी मै एकजना संक्रमितले भर्खरै झ्यालबाट हाम फालेको घटना ताजै छ ।
गत असोज १२ गते अफिसबाट निस्कने वित्तिकै म सरासर घर आए । जिउ थकित भएर गलेको र कट्कट् खाएको महसुस भएको थियो । मालपोत कार्यालयमा सेवाग्राहीको भिडभाड प्राय भई नै रहन्छ । कोरोना संक्रमणको उच्च जोखिम भएकै कार्यालय हो मालपोत । यो कार्यालयमा आउने सेवाग्राही प्राय चौतर्फी क्षेत्रका हुन्छन् । जति नै सावधानी अपनाएपनि त्यो अपुग हुन्थ्यो नै ।
कमलामाई नगरपालिका र सिन्धुली अस्पतालले गच्छे अनुसार सेनिटाइजर,मास्क , पन्जा लगाएतका सामाग्री को प्रवन्ध मिलाइदिएको छ नै । रेडक्रसले ज्वरो मापन गर्ने थर्मल गन एक थान उपलब्ध गराएर गुन लगाएकै थियो तथापी सेवाग्राहीको भिड हेर्दा लाग्थ्यो ढिलो चाँडो संक्रमित हुइन्छ नै , आखिर भयो पनि त्यहि नै ।
मालपोतमा मलाई भन्दा अघिवाट नै केहि साथीहरुलाई ज्वरो आएकै थियो । तरपनि साथीहरुले जचाँउन आवश्यक ठान्नु भएन । सिटामोलको सेवन पश्चात उहाँहरु १÷२ दिनमै पून अफिस आउनथाल्नु भयो । तर जव मलाई जिउ कटकटी खायो र ज्वरो समेत आयो तब १३ गतेबाट अफिस नजाने निधो गरे । असोज १५ गते सिन्धुली अस्पतालमा गएर सम्पुर्ण जाँच गरी औषधी लिनुका साथै पिसिआर परिक्षणका लागि स्वाव समेत दिए । धेरै साथीहरुले पिसिआर परीक्षण नगर्न सुझाव दिदैहुनुहुन्थ्यो तर मेरो मन मानेन । कोरोना दबाउने हैन संक्रमण रहेछ भनेपनी समाजलाई बचाउने चैं हो भन्ने मैले ठहर गरे । आज यहि अटेरीपनले समाज, टोल र कार्यालयमा कोरोनाले प्रवेश पाइसकेको छ । ढुक्क हुनुस् , ढिलो चाडो सबैमा देखिने लेवलमा यो पुगिसक्यो ।
संक्रमण देखिएमा अब के गर्ने ?
हो सवाल यहि हो, कोरोना संक्रमितका लागि औषधि छैन, अस्पतालमा बेड छैन, मानिसहरुको चेतनाको स्तर छैन, अझै सजगता छैन । सर्वप्रथम हामीले आफ्नो मानसिकता बदलौं , सोंच बदलौं । यस्तो खालको रुगा खोकी र सामान्य मौसमी ज्वरो गत सालहरुमा पनि देखिन्थ्यो , यसपाली मात्र हैन भन्ने कुरा नभुलौ । आफुलाई अनइजि भएपछि कार्यालय, बजार, घरवाहिरफेर ननिस्कौं घरमै एक कोठामा अलग्गै बसौं । तातोपानी, झोलिला खानेकुरा , सुप , प्रशस्त लिऔं । विहान योग प्रणयाम गर्ने, हट लेमन वाटर पिउने, हल्का बेसार राखेर तातो दुध एक गिलास पिउने, हल्का ब्रेक फास्ट लिने, खाना खाएर मनपर्ने पुस्तकहरु पढ्ने, टिभि हेर्ने जस्ता कार्यहरुले आफूलाई व्यस्त राख्नुपर्ने रहेछ । सवै भन्दा ठुलो कुरा आत्मबल नै हो तसर्थ आत्मबलले नै कोरोना लाई परास्त गर्नेमा म ढुक्क छु ।
कता जादैछ समाज
हाम्रो समाज यस्तो छ कि उसलाई पनि चौकिदार गर्नुपर्दछ । हरेक विषयलाई अतिरन्जित गर्नुपर्ने समाजमा एउटा तप्का छ जसले सकारात्मक को ‘स’ पनि जानेको छैन । मानौं त्यस्ता मानिसले अजम्वरी बुटी लगाएर हिडेका छन् । उसका घरभित्र गेट लगाएपछि महामारी र्फिता हुन्छ अर्थात प्रवेश गर्दैन । हाम्रो समाजमा तिल लाई पहाड वनाउने प्रचलन अनौठौं हुदैँ होइन ।
कोरोना माहामारीले विश्वजगत यतिखेर आत्र्रmान्त बनिरहेको बेला हामी कसरी अछुतो रहन सक्छौँ । हाम्रो आँगनमा आइसक्यो अब यसलाई व्यवस्थित तरीकाले कसरी जुध्ने र सामना गर्ने भन्नेमा योजना विहिन हुनुभएन ।अहिले हामी अत्यन्तै विषम परिस्थितिमा छौँ । यो अवस्थामा हरेक नागरिक जिम्मेवार वनेर आफ्नो घरमा आफ्नो समाजमा संक्रमण नल्याउन सतर्क हुनु पर्दछ । मास्क किन्न नसक्ने न्यून आय भएकाहरुलाई मास्क वितरण गर्ने, मास्कको सहि तरीकाले प्रयोग गर्न लाउने, आउदै गरेको चाडपर्वलाई घरायसी रुपमा सिमित गर्ने , भिडभाडयुक्त कार्यक्रम , खेलकुद ,नाचगान जस्ता दशैं तिहार विशेष कार्यक्रम आयोजना नगर्ने जस्ता विषयमा ध्यान दिनु जरुरी छ ।
पच्चीस हजार सक्रिय संक्रमितहरुको केससम्म मात्र धान्न सकिने भनेर स्वास्थ्य मन्त्रालयले वारम्बार भनिरहेका बेला भोली लाखौंमा संक्रमण फैलियो भने हामीले एम्वुलेन्स पाउदैनौ, अस्पतालमा बेड पाउँदैनौ , आफ्नै आँखा अघिल्तिर लाशका थप्रो देख्न विवश हुनेछौं । तसर्थ सरकार ,नागरिक समाज , सरोकारवाला निकायहरु तथा आम नागरिक एकजुट भएर कोरोना माहामारी नियन्त्रणमा लाग्नुको विकल्प छैन । हामीले सोचेको भन्दा तथा तथ्यांकममा वाहिर आएको भन्दा कयन् गुणा सक्रंमण फैलिसकेको छ ।
