कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गरेका छन् । शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।

शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले पदमुक्त गरेको जानकारी दिएका छन् । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा (७) अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिएका छन् ।
शाह पूर्वएमालेका हुन् भने नेपाली पुर्वमाओवादीका हुन् । आइतबार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुुलिँदै गएको छ । यसैबीच मङ्गलबार संसदीय दलको बैठक बस्ने तयारी भएको छ ।











