पार्टी नेतृत्वद्धारा आत्मालोचना, पार्टी सदस्यताको टुंगो लगाउने जिम्मा संगठन विभागलाई

नेपाल कम्युनिष्ट पार्टी सिन्धुली जिल्ला संगठन कमिटीको बैठकले पार्टीलाई एकतावद्ध र बजवुत बनाएर लैजाने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा बसेको बैठकले पार्टीको क्रियाशिल सदस्याको टुंगो लगाउने जिम्मा जिल्लाको संगठन विभागलाई दिएको छ । संगठन विभाले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबाट प्राप्त भएका सदस्यहरुको बिबरणहरुमाथि छानवीनगरी टुंगो लगाउने जिम्मा दिइएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
त्यसैगरी पार्टी एकतापछि पहिलो पटक जिल्ला नेतृत्वले बैठकमा आत्मालोचना गरेकाछन् । पार्टी नेतृत्वले आफुले गरेका कमीकमजोरी स्वीकार्दै आगामी दिनमा सुदृट र एकतावद्ध पार्टी बनाउनका लागि सामुहिक रुपमा अगाडि बढ्ने निर्णय गरेको पार्टी सचिव प्रदीप कटुवालले बताउनुभयो ।
उहाँले विगतमा भएका कमी कमजोरीहरु अब दोहोरिने छैन, केन्द्रीय सदस्य देखी प्रदेशकमिटी सदस्यहरुका बीचमा जिल्ला नेतृत्वबाट आत्मालोचना गरेकाले अब पार्टी एक ढिक्का भएर अगाडि बढ्छ । म आम पार्टी कार्यककर्तालाई जि अब कुनै हिच्किचाहट जिल्ला नेतृत्वले सुदृढ संगठन पार्टी निर्माण लाग्ने विश्वास दिलाउँदछु, नेता कटुवालले भन्नुभयो ।