बलात्कारीलाई कडा सजायको माग गर्दै आइतबार पनि राजधानीमा प्रदर्शन भइरहेको छ।
महिलाहरुको एक समूहले माइतीघरमा प्रदर्शन गरिरहेका छन्। ‘३३ प्रतिशत महिला अधिकार छ तर पनि नेपाली महिला सांसद किन मौन?’, ‘नेपालकी महिला राष्ट्रपति किन मौन ?’, ‘म छोरी चेली भएकै कारण कहिलेसम्म मरौँ’ लेखिएका प्ले कार्डसहित प्रदर्शन भइरहेको छ।







