डा. केसी र सरकार पक्षबीच वार्ता अझै जारी

चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा. गोविन्द केसी पक्ष र सरकारबीच बिहीबार साँझसम्म पनि वार्ता जारी छ।दुवै पक्षले आ–आफ्नो भनाइ राखिरहेका छन्। बिहानैदेखि दुई पक्षीय टोली वार्तामा बसेपनि अहिलेसम्म निकासको कुनै टुंगो नलागेको भन्दै वार्ता अबेरसम्म जारी रहने वार्तामा सहभागी एक सदस्यले बताए।मंगलबार दुई पक्षले वार्ता टोली गठन गर्दै डा. केसी अनशन बसेको २५ औं दिनमा वार्तामा जाने वातावरण बनेको थियो।सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेलगत्तै केसी पक्षको वार्ता टोली बनेको थियो।डा. केसीको पक्षबाट डा. जीवन क्षेत्रीले वार्ताको नेतृत्व गरेका छन्। केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको थियो।