प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।
प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका हुन् ।