सिरहा: बालिका बलात्कार घटना गाउँमै मिलाउने पञ्चसहित पीडक पक्राउ परेका छन् ।
सिरहाको विष्णुपुर गाउँपालिका वडा नं. १ मा गत सोमबार भएको बलात्कार घटनामा प्रहरीले आरोपित सहित ८ जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
गत सोमबार साँझ ५ बजेको समयमा वडा नं. १ स्थित सत्रुधन साहको घरमा २० वर्षीय मुकेश कुमार साहले सोही स्थानकी १६ वर्षीय बालिकालाई बलात्कार गरेका थिए।
मुकेशले बालिकालाई बलात्कार घटनामा पीडितका भाईले रिस आवेगमा आई पीडितलाई कुटपिट गरी घाइते बनाएका थिए ।
घाइते भएकी पीडितलाई आफन्तहरुले स्थानिय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगर स्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराई शुक्रबार घर फर्कदा गाउँका पञ्चहरुले यस घटनालाई गाउँमै मिलाउन खोज्दा प्रहरीले जानकारी पाएपछि पञ्चहरुसहित पीडकलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता प्रसाईले जानकारी दिए ।
पक्राउ पर्नेमा पीडक २० वर्षीय मुकेश कुमार साह तथा पञ्चहरु ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राज कुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राज कुमार यादव, ३५ वर्षीय रौदि भन्ने श्याम सुन्दर यादव रहेको प्रहरी प्रवक्ता प्रसाईले बताए।
पञ्चहरुले जवरजस्ती घटना गाउँ घरमै मिलाउन भनी गाँउमा नै पञ्चायत बसी पीडकको आफन्तसंग तमसुक कागज समेत गराई उक्त कागज जगविर यादवको जिम्मा लगाएका थिए।
प्रहरीले जानकारी पाएपछि यादवको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन भनी गरेको धनीराम गुलाम यादव, ऋणि सिंहेश्वर साह र धनि लक्षुमण यादव ऋणि शत्रुधन साह भई पाँच लाखको तमसुक कागज समेत बरामद गरेको र यस घटना सम्बन्धमा थप अनुसन्धान थालेको प्रदेश प्रहरीले जनाएको छ।