पूर्व एमाले पक्षले बहिस्कार गर्ने भएपछि मरिणमा युवाको कार्यक्रम स्थगित

कपिलाकोटः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन प्ररायुसंघ मरिण गाउँपालिकाको आज मध्यान्ह आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधरले बहिस्कार गर्ने भएपछि स्थगन भएको छ ।
नेकपा स्रोतका अनुसार कमिटी निर्माण गर्ने क्रममा पूर्व माओवादी पक्षले एकलौटी ढंगले कमिटी फर्मेशन गरेको आरोप लगाउँदै पूर्व एमालेका स्थानीय नेताहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेपछि उक्त असहज परिस्थितिलाई मिलाउन भन्दै जिल्ला पार्टी तहबाटै कार्यक्रम स्थगन गर्न दबाब दिइएको बताइन्छ । हिजो मात्रै प्ररायुसंघ तीनपाटन गाउँपालिकाको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, इन्चार्ज अध्यक्ष, सचिव तथा अन्य नेताहरुको उपस्थिति रहेको थियो ।