कोरोना संक्रमणबाट अर्का नेपाली सेनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप एकजना नेपाली सेनाको मृत्यु भएको छ ।

बझाङ जिल्ला घर भई काठमाण्डौं उपत्यकामा कार्यरत एक सैनिक जवानको हिजो (शुक्रबार) वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको जंगी अड्डाले जनाएको ।

‘निज जवानलाई यही ६ गते छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै मृत्यु भएको हो ।’ प्रेस नोटमा भनिएको छ, ‘निजको स्वाव परिक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो ।’

यस सँगै नेपाली सेनामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

हाल सेनामा कुल संक्रमित २,१९७, निको भएको ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको जनाइएको छ ।