सिन्धुलीका राप्रपा नेता थापा र रास्ट्रसेवक दाहाल समाज सेवा रत्नबाट सम्मानित हुने

संविधान दिवसका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिन्धुली जिल्लाका समाजसेवी एवम् राप्रपा नेता उज्वल बिक्रम थापा र मालपोत कार्यलय सिन्धुलीका रास्ट्रसेवक नायब सुव्वा पुरुषोत्तम दाहाल समाज सेवा रत्नबाट सम्मानित हुनुहुने भएको छ । एसिड पिडितहरुको घाउमा मल्हम लगाउन क्रियाशिल नेता थापा र दाहाल राष्ट्रपतिबाट समाजेवा तर्फबाट सम्मानित हुन लागेका हुन् । हिजो मात्रै सम्मानितहरुको सुजी सार्वजनिक गरिएको थियो ।
प्रदेश खबर सामाजिक अभियन्ता उज्जवल विक्रम थापा र पुरुषोत्तम दाहाललाई हार्दिक बधाई ज्ञापन गर्दछ।

भोकै बसेकाहरुका लागि चाउचाउ वितरणका लागि गाडीमा लोडगर्दै समाजसेवी थापा । फोटोः सामाजिक सञ्जाल