नेकपाको पहिलो महाधिवेशन अगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौमा हुने

नेकपाको महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौमा हुने भएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एकतापछिको पहिलो महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो ।

आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटीले पारित गरेको छ । बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिर्वतन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ । यसको जिम्मा सचिवालयलाई दिइएको छ ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही अराष्ट्रिय र प्रतिक्रियावादीहरुले नेकपाको एकता भाँड्न प्रयास गरे पनि असफल भएको बताएका थिए । केहीबेर बैठकमा बसेर ओली बाहिरिएका थिए। यो बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए ।