नेकपा स्थायी समिति बैठक बालुवाटारमा जारी: अध्यक्षद्वयको कार्ययोजनाप्रति नेता नेपालको आपत्ति

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

टिफिन टाइम भएकाले केहीबेर बैठक स्थगित भएको छ।

अध्यक्षद्वय ओली र दाहालले १८ गतेको सचिवालय बैठकमा राखेको १५ बुँदे सहमतिमा आफ्ना कुरा नसमेटिएको भन्दै माधव कुमार नेपाल कडा रुपमा प्रस्तुत भएको एक सदस्यले जानकारी दिए।

अहिलेसम्म माधवकुमार नेपाल लगायत ९ जना स्थायी समिति सदस्यले बोलेका छन्।

बोल्नेमा अधिकांश माधव कुमार नेपाल पक्षधरका छन्। उनीहरुले कार्ययोजना माथि टिप्पणी गरेका थिए। अष्टलक्ष्मी शाक्य, भीम आचार्य, देव गुरुङ, घनश्याम भुसाल, लिलामणी पोखरेल लगायतले बैठकमा आफ्ना कुरा राखेका छन्।