अमेरिकामा चिनियाँ नागरिकहरु अलपत्र

अमेरिकामा रोजगार र राहदानी दुबै गुमाइरहेका चिनियाँ कामदारलाई चीन फर्किन टिकट पनि धेरै महँगो हुन थालेको पीडा थपिएको छ ।

अमेरिकामा बसिरहेकी ताङ चेनलाई अब बस्न र उम्किन दुबै गाह्रो हुन पुगेको छ । यसबारे सोच्न थाल्दाउनको मुटुको वेग द्रुतगतिमा कुद्न थालेयता उनी निदाउन सकिरहेकी छैनन् ।

पूर्वी चिनियाँ प्रान्त झेजियाङबाट ताङ सन् २०१४ देखि अमेरिकामा काम गर्दै आएकी छिन् । एचवन–बी काम भिसाको अवधि अब समाप्त हुन लागेको छ ।

उनी काम गर्ने  ट्राभल कम्पनीले अमेरिकामा स्थायीरूपले बस्न र काम गर्न पाउने गरी बस्न पाउने आधार ग्रिन कार्डका लागि उनको तर्फबाट कठिन प्रक्रिया अगाडि सारेको थियो ।

अमेरिकामा एक अपार्टमेन्ट समेत किनेकी ३३ वर्षीया ताङ अमेरिकामा जीवन बिताउन सकिने विश्वास गरेकी थिइन् । तर कोरोनाले सबै चकनाचुर गरिदिएको छ ।

गएको मार्च १३मा उनले आम्दानीको स्रोत मात्रै गुमाइनन उनको राहदानीको हैसियत पनि गुमाउन पुगेकी छिन् । अब उनको रोजगार दाताले ग्रिन कार्डको प्रक्रिया अगाडि बढाउन रोकि दिएको छ । यसबाट उनको स्थायी आवासी हैसियत पाउने बाटो बन्द हुन पुगेको छ।

ताङसरी एचवन–बी भिसा पाउनेले रोजगार गुमाउँदा ‘भिसा स्टेटस’ पर्यटक वा विद्यार्थी नाममा नयाँ भिसा परिवर्तन गराउन ६० दिन भित्र आवेदन दिनुपर्ने हुन्छ । वा अर्को कुनै नयाँ रोजगार दाताले काम भिसाका लागि स्पन्सर गर्नुपर्ने हुन्छ । 

यसो हुन नसके यस्तालाई १८० दिन भित्र अमेरिका छाड्नु पर्ने हुन्छ । अवैधरूपमा बसे भविष्यमा अमेरिका प्रवेश गर्न अयोग्य हुन सक्नेछन् ।

कोरोनाभाइरसले कारोबार बन्द हुन पुगेको अवस्थामा उनले काम पाउन तत्काल सजिलो छैन् । चीन फर्किन उनले आफै राजीनामा दिएकी थिइन् । अप्रिलमा कुनै विमानमा सीट खाली छैन् । कतिखेर कोरोनाले समात्ला त्यसको पीर त्यसै छ ।

चीनले कोरोना संक्रमणलाई शुन्यमा झारेयता बाहिरबाट संक्रमितहरूको संख्या बढन थालेको देखेर यसमा नियन्त्रण गर्न बाहिरबाट आउने विमान सेवामा कटौती गरेको छ । यसले गर्दा टिकटको भाउ अकासिएको छ ।

अमेरिकामा रोजगार गुमाउने चिनियाँहरूको तथ्यांक नभएपनि सीएनएनले गरेको एक अध्ययन अनुसार यो संख्या हजारौंमा रहेको छ । अमेरिकी अधिकारीहरूले यस्ता चिनियाँ नागरिकहरूको विषयमा कुनै चासो दिएका छैनन् ।

एचवन–बी भिसा रोजगारमा जानेहरूका लागि सामान्य हो । गत ५ वर्षमा ९ लाखलाई दिइएको छ । सन् २०१९मा चिनियाँ नगरिकहरूको हिस्सा एचवन–बी भिसामा १५ प्रतिशत रहेको अमेरिकाको विदेश विभागले जनाउँछ ।