सिन्धुली गढीको युद्धमा बंशुधर थापाले चलाएको ‘भाले खुँडा’ सेनालाई हस्तान्तरण

बि.सं. १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध सेनाहरुसँग भएको निर्णायक युद्धमा बंशुधर थापामगरले चलाएको ‘भाले खुँडा’ नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

बंशुधर थापाका सन्तती एवं कमलामाई नगरपालिका पिपलभन्ज्याङ निवासी समाजसेवी तथा पूर्व गाविस अध्यक्ष हरीबहादुर थापा मगरले सिन्धुलीगढी युद्ध संग्राहलयको लागि सो खुँडा नगरपालिका प्रमुख खड्ग खत्री मार्फत बर्दबहादुर गणका गणपती विजय थापालाई उपलब्ध गराएको कमलामाई नगरपालिकाका कार्यक्रम अधिकृत सागरकुमार ढकालले जानकरी दिए ।

यदि कसैसँग यस्तो ऐतिहासिक तथा पुरातात्विक महत्वका बस्तुहरु छन् भने ती संग्राहलयमा उपलब्ध गराउन पनि ढकालले आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित पोष्ट गरेका छन्, ‘कमलामाई नगरपालिकाको ऐतिहासिक कदममा काँध थपौं, नगरपालिकाले यहाँको सहयोगको उचित सम्मान गर्नेछ ।’