कोरोना संक्रमितको तथ्याङ्क लुकाउँदै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले कोरोनाबाट संक्रमित नागरिकहरुको तथ्याङ्क लुकाएको तथ्य फेला परेको छ।

स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यलयले दिने संक्रमितको तथ्याङ्कमा दुई/चारजना फरक तथ्याङ्क आउनु स्वभाविक मानिए पनि एकै दिन ६७ जनाको फरक तथ्याङ्क आउनुले राज्यले आम नागरिकलाई झुट्टो तथ्याङ्कमा भुलाई रहेको पुष्टि हुन्छ।

यही भदौ १२ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ललितपुर जिल्लामा ११ जना नयाँ तथ्याङ्क फेला परेको बताएका थिए । तर त्यसै दिन ललितपुर स्वास्थ कार्यलयको तथ्याङ्क अनुसार ७८ जना संक्रमितको रिपोर्ट छ।
यसैगरी भदौ १३ गते शनिबार स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा ललितपुरमा संक्रमितहरुकोको सङ्ख्या १९ छ । तर सोही दिन ललितपुर स्वास्थ्य कार्यलयको रिपोर्टमा संक्रमितको सङ्ख्या ३६ देखिएको छ।

यदि राज्यले सबै जिल्लाका संक्रमित नागरिकको रिपोर्ट यसैगरी ढाँटेको हो भने नेपालमा कम्तीमा पनि दैनिक २ हजार नागरिक कोरोनाको कारण संक्रमणमा परिरहेका छन् भने आमनागरिक राज्यले दिनुपर्ने सही सूचनाबाट बञ्चित भैरहेका छन्।