सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर सजाय दिनुपर्छ ।’
रियाले प्रहरीसँग सुरक्षा मागिन्ः
नायिकाले बिहिबार इन्स्टाग्राम पोस्टमा भनिन्, ‘मलाई र मेरो परिवारलाई ज्यानको खतरा छ । हामीले प्रहरीलाई बताएका छौं तर कसैले केही मद्दत गरेनन् । अनुसन्धान एजेन्सीसँग पनि मद्दत मागियो तर कुनै फाइदा भएन । मुम्बई प्रहरीलाई हाम्रो सुरक्षाका लागि अपिल गर्दछौं ता कि अनुसन्धान एजेन्सीलाई सहयोग गर्न सकूँ ।’
सिबिआई आज रियासँग सोधपुछ गर्नसक्छः
सिबिआईले रियाका भाइ शोविकसँग सोधपुछ गरिरहेको छ । पिता इन्द्रजीत चक्रवर्तीलाई पनि सोधपुछका लागि पत्राचार गरिएको छ । रियासँग बिहिबार नै सवाल–जवाफ गर्ने सम्भावना छ । सुशान्तका रुममेट सिद्धार्थ पिठानीसँग सिबिआईले लगातार पाँचौं दिन सोधपुछ गरिरहेको छ । अनुसन्धान एजेन्सीले आज एक महिलालाई बोलाएको छ । यी महिला को हुन्, यसबारे केही जानकारी छैन ।

rhea_chakrabortyVerified
This is inside my building compound , The man in this video is my father Indrajit chakraborty ( retd . army officer )
We have been trying to get out of our house to cooperate with ED , CBI and various investigation authorities to cooperate .
There is a threat to my life and my family’s life .
We have informed the local police station and even gone there , no help provided . We have informed the investigation authorities to help us get to them , no help arrived .
How is this family going to live ?
We are only asking for assistance , to cooperate with the various agencies that have asked us .
I request @mumbaipolice to please provide protection so that we can cooperate with these investigation agencies .
#safetyformyfamily
In covid times , these basic law and order restrictions need to be provided .
Thankyou











