नेकपा सुनकोशीद्धारा ठेकेदार बोगटीलाई कारबाहीको माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सुनकोशी गाउँ कमिटीले आज एक प्रेस विज्ञप्तीजारीगर्दै कुटपीटमा संलग्न ठेकेदार राम बोगटी भनिने बेदवहादुर बोगटी लगायत संलग्न सबैलाई कारबाही गर्न माग गरेको छ ।
गाउँकमिटी अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापाले आज एक विज्ञप्ती जारीगर्दै सुनकोशी ३ गणेशस्थान बजार स्थित श्याम जर्गा मगरको बुहारी शोभा मगरलाई घरमैं कुटपीट गर्ने नाइके बेदवहादुर बोगटी लगायत सम्पूर्ण अराजक व्यक्तिहरुलाई तुरुन्त कानूनी कारबाही गर्न माग गरेको हो ।
विज्ञप्तीमा बिना आधार तथा बिना प्रमाण पार्टी गाउँ कमिटी सदस्य रोहितराज गिरी लगायत अन्य लगायतमाथि लगाइएको झुठो मुद्धा फिर्ता आग्रह पनि गर्दछौं भनिएको छ । त्यसैगरी गाउँपालिकालाई आर्थिक रुपमा नोक्सानी पुग्नेगरी प्रतिस्पर्धी कम्पनीहरुलाई प्रतिस्पर्धा हुनै नदिई विकास र जनभावनासमेत असर परेको आरोप लगाउँदै गाउपालिकाले आव ०७७/०७८ सुनकासी नदी किनारका गिट्टी वालुवाको ठेक्का खारेजगरी पुःन इविडिंग मार्फत गर्न अपीलसमेत गरेको छ ।
एक करोड २० लाखको ठेक्का प्रतिस्पर्धाबिना पाउनका लागि बोगटीले २५ लाख रुपैंया बितरण गरेका थिए । उक्त रकमकै कारण दिनहु रामटार क्षेत्र कुरुक्षेत्र जस्तै भएको स्थानीयको भनाइ छ । अर्कातिर नेकपाकै रोहितराज गिरी लगाएतले आफ्नो २५ लाख रुपैया लुटेको भन्दै ठकेदार बोगटीले प्रहरीमा कार्वाहीका लागि उ जुरी समेत दिएको बताइएको छ । 

यस अगाडि नेपाली कांग्रेस सुनकोशी गाउँपालिका र क्षेत्रीय कमिटीका सभापतीले अलगल अलग विज्ञप्तीजारी गर्दै ओखलढुंगाा घर भएका वोगटीले आफ्ना कार्यकर्तामाथि कुटीपट गरेको र बद्नीयतपूर्ण तरिकाले गिट्टी वालुवाको ठेक्का लिएको आरोप लगाउँदै बोगटी लगायतलाई कारबाही माग गरेको थियो । यसैबीच नेकपाको जारी विज्ञप्तीलाई लिएर सुनकोशी गाउँपालिकाले केही बेरपछि आफ्नो धारणा सार्वजनिक गदैछ ।