कोरोना संक्रमित २३ वर्षकी गर्भवती महिलाको मृत्यु

कोरोना भाइरसबाट संक्रमित भएकी एक गर्भवती महिलाको निधन भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बारा हर्दिया गाउँकी २३ वर्षकी गर्भवती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

भदौ ८ गते स्वास्थ्यमा समस्या देखिएपछि ती महिलालाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासमा समेत समस्या देखिएपछि स्वाब संकलन गरी आइसोलेशनमा राखी उपचार हुँदै आएको थियो ।

बुधबार आएको रिपोर्टमा उनी संक्रमित रहेको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि थप सतर्कताका साथ उपचार भइरहँदा ती महिलाको बिहीबार बिहान निधन भएको अस्पतालले जनाएको हो ।