नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’ सिन्धुलीले मंगलबार सुनकोसी गाँउपालिकामा व्यथिती बढ्दै गएको भन्दै चार बुँदे ध्या नाकर्षण पत्र जारी गर्दै आ पत्ति जनाएको छ ।
प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’ का सभापति बोधबिक्रम थापाद्वारा जारी ध्या नाकर्षण पत्रमा सुनकोशी नदी किनारका ढुंगा, गिटी र बालुवाको कर संकलन ठेक्कामा मि लेमतो गरी गाँउपालिकालाई घा टा लगाएको, ठेक्काकै बिषयलाई लिएर बाहिरका मानिस आएर कु टपिट गरी अ राजकता फैलाएको उल्लेख गरिएको छ ।
उपलब्ध प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’ का सदस्यहरुको बैठक बसी उक्त ध्या नाकर्षण पत्र जारी गरेको र बुधबार गाँउपालिकामा बुझाउने सभापति थापाले बताउनुभयो ।
ध्या नाकर्षणको पहिलो बुदामा सुनकोसी नदी किनारका ढुंगा, गिटी र बालुवाको कर संकलनका लागि अ घिल्ला बर्षहरुमा छ करोड ९६ लाख रुपैयासम्ममा ठेक्का लागेकोमा चालु आर्थिक बर्ष ०७७/०७८ मा तीन करोड २० लाख रुपैया लिन खोज्ने कम्पनीलाई द र्ता गर्न न दिई मि लेमतोमा एक करोड २० लाख रुपैयामा ठेक्का दिई गाँउपालिकालाई ठू लो बि त्तिय खा डलमा पारेको उल्लेख छ ।
त्यस्तै दोस्रो बुदामा वडा नं. ३ स्थित गणेशथान बजार क्षेत्रमा हिरा जर्गामगर, गणेश जर्गामगर र शोभा जर्गामगललाई ठेकेदार राम बोगटी सहितका केही अ राजक व्यक्तिले घरमै प्रबेश गरी कु टपिट गरेको र बा रम्बार त्यस क्षेत्रमा ध रपकड समेत गरी समाजमा त्रा स फैलाई अ राजकता बढाएको उल्लेख गरिएको छ ।
तेस्रो बुदामा सुनकोसी गाँउपालिकाबाट बिनियोजित बजेटमा आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिमा राखी भएको काम भन्दा बढीको बिल पास गराई आर्थिक अनियमितता गराएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
अन्तिम बुदामा सुनकोसी नदी किनारका ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न गर्नु पर्ने प्रारम्भिक बाताबरणिय परिक्षण (आईईई) समेत नगरी चार बर्ष अघिको प्रतिवेदनको आधारमा नदी उत्खनन् गराएर बाताबरणिय प्रदुषन फैलाएको उल्लेख गरिएको छ ।
नदी किनारका सामाग्री उ त्खनन सम्बन्धि ठेक्का प्रकृयाको बिषयमा पुनर्बिचार गराउनका साथै त्यस क्षेत्रमा भएको कुटपिट घट्ना प्रति नेपाली काँग्रेसले घोर भर्सना गरेको र गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।-आजको सिन्धुली सौगातले समाचार लेखेको छ ।











