सरकारले लक्षण नेदेखिएका कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले १० दिनमा कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न र रिपाेर्ट पोजेटिभ आएपनि १४ दिनमा घर पठाउन अस्पतालहरुलाई परिपत्र गरिसकिएको जानकारी दिए।
उक्त निर्देशन विपरित संक्रमितहरुलाई १४ भन्दा बढी अस्पतालमा राखे सरकारले शाेधभर्ना गर्न नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।