कोरोना संक्रमण देखिएपछि सिन्धुलीको बस्नेत होटल शिल

पिसिआर परिक्षणको लागि स्वाब पठाएर सर्लाही बाट सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका ६ रातमाटामा रहेको बस्नेत होटलमा बसेका गोलञ्जोर गाउँपालिकाका वडा न १ स्थित न्यौपाने थरका एक युवामा शनिबार कोरोना पोजेटिभ देखिएपछि सिन्धुलीको बस्नेत होटल सिल गरिएको छ ।

निजामती कर्मचारी समेत रहेका उनी सर्लाहीमा पिसिआर दिएर क्वारेन्टाइनमा बस्नुपर्ने रातमाटा स्थित बस्नेता होटलमा एक सातादेखी तास खेलेर बस्दै आएका थिए । ती न्यौपानेसँग तास खेल्नेहरु को को थिए भनेर अहिले खोजी भइरहेको र त्यसमध्ये तीन जना युवा केही समय अगाडिबाट होम क्वारेन्टाइनमा बसेको विवरणहरु थाहा लागेको छ ।