थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

 पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या १७ हजार ९६४ जना  रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको दुःखद निधन भइसकेको छ । यससँगै मृतकको संख्या १२६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।