नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १३४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै अहिलेसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ३ सय ३५ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ। हाल क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन्।