बन्द रहेको सिन्धुलीको एपोलो अस्पताल कोभिड अस्पताल बन्यो

कमलामाई नगरपालिका वडा नं. ६ राममाडी स्थित बन्द रहेको एपोलो अस्पताल कोभिड अस्पतालका रुपमा हिजोबाट सञ्चालनमा आएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा केही दिन अगाडि बसेको सर्वपक्षीय वैठकले ३ बर्ष देखि बन्द रहेको एपोलो अस्पताललाई कोभिड उपचार अस्पतालका रुपमा सञ्चालनमा ल्याउने निर्णय अनुसार हिजोबाट सञ्चालनमा आएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । कमलामाई नगरपालिका, नेपाली सेना, स्थानीय प्रशासनको सहयोगबाट पून संचालनमा ल्याईएको उक्त अस्पतालमा १६ जना कोरोना संक्रमित बिरामीहरूको उपचार सुरु भएको हो। ११ जना नेपाली सेना र ५ जना स्वास्थ्यकर्मीहरुले २४ घण्टा सुरक्षा र उपचार सुरु गर्नु भएको अध्यक्ष पोखरेलको भनाई थियो । यसैबीच अध्यक्ष पोखरेलले सामाजिक सञ्जाल मार्फत कोभिड अस्पतालका रुपमा बन्द रहेको एपोलो अस्पताल सञ्चालनमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

Image may contain: indoor, text that says 'Samsung Dual Camera Shot with my Galaxy M 0'
Image may contain: one or more people and outdoor, text that says 'ARMY'
Image may contain: outdoor