नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१, मृत्‍यु हुनेको संख्या १०० र डिस्चार्ज १७ हजार ७७ पुग्‍यो

नेपालमा  शुक्रबार कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ भने  मृत्यु हुनेको संख्‍या १०० पुगेको छ।

यस्तै कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १७ हजार ७७ पुगेको छ। शुक्रबार मात्र मोरोना भाइरसबाट थप २४० जना घर  फर्किएका छन् भने थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८३, ललितपुरका ३०, भक्तपुरका ६, सुनसरीका २४, मोरङका ६३, झापाका ९, सिराहाका ३, धनुषाका ५५, महोत्तरीका २४, सप्तरीका १४, सर्लाहीका १४,  उदयपुरका १, बाराका २४, पर्साका ७१, नुवाकोटका १, सिन्धुपाल्चोकका १, बाजुराका १, धादिङका १, हुम्लाका १ र रौतहटका ५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै चितवनका १४, नवलपरासीका २, सिन्धुलीका ११, मकवानपुरका १८, दोलखाका १, कास्कीका १, लमजुङका १, पर्वतका १, स्याङजाका १, तनहुँका २२, रुपन्देहीका २, दाङका १, बाँकेका २२, बर्दियाका ५, रुपन्देहीका १२, कपिलवस्तुका ५, अछामका ६, कैलालीका ९, कञ्चनपुरका २, सल्यानका १, सुर्खेतका २१, दैलेखका ३ तथा बझाङका १ जनामा संक्रमण पुष्टि भएको हो।