एशियाली विकास बैंक (एडिबी) ले बिजुली बाल्न तीनकन्याका बासिन्दालाई लगायो एक साता जनश्रमदान ! तोकिएको ज्याला पनि दिएन, बिजुली पनि बलेन


गएको चैत्र महिनाभित्र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित ग्रामिण विद्युतीकरण परियोजना अन्र्तगत गाउँमा झलमल बत्ति बाल्न पाइनेभयो भनेर एक हप्ता जनश्रमदान पनि गरे, तर तीनकन्यावासीको सपना क्षणभरमैं चकनाचुर बन्यो, जब एडिविका कुलमान घिसिंगका दाईले मेन लाइनमा जोड्नका लागि विजुलीको तार पाइएन भन्न पुगे ।
तपाईहरुकै लागि काम गरेको हो, काम गर्ने मानिस पाइएको छैन, काम छिटो भयो भने दशैं अगाडि बत्ति बल्छ भनेपनि साविक तीनकन्या गाविस र हालको गोलन्जोर ५ का बासिन्दाले प्रत्येक घरबाट ७ दिन पोल वोक्ने र विजुलीको तार तान्ने काम गरे । केहीले त गाउँलले जरिवाना गर्लान् भनेर ७ दिनसम्म अर्कैलाई दैनिक ७ सय रुपैयाँ ज्याला दिएर पनि काम गर्न पनि लगाए । शाखा लाइनको तार पोल बोक्ने, गाड्ने र तार जोड्ने काम पनि सकियो । गाउँलेहरुले आ–आफ्नो घरमा वाइरिंग पनि गराए । जब मेन लाइनमा तार जोड्नु पर्छ भनेर गाउँलेहरु र्जुमुराए, तब मात्रै रामेछाप निवासी कुलमानका दाई अर्थमान घिसिंगले लकडाउनका कारणले तार पाइएन भनेर गाउँलेहरुलाई जवाफ दिए ।

The unique role of development banks in inclusive business


ठेकेदार कम्पनीको उक्त कुरा सुनेपछि गाउँलेहरुको झलमल बत्ती बालेर दशैं तिहार मनाउने गाउँलेहरुको सपना चकनाचुर भयो । स्थानीय शिक्षक एवम् अगुवा लोकवहादुर आलेले तिकन्यावासी फेरि एक पटक एडिविबाट ठगिए भन्दै सामाजिक सञ्जालमा पोष्ट गरे । सक्त विवरण सार्वजनिक भएपछि केही अनलाइन सञ्चार माध्यमका लागि पैसा कमाउने मेलो पनि बन्नपुगेको समाचार स्रोतले बताएको छ । स्थानीय अगुवा आलेले सामाजिक सञ्जालमा एडिविले सपना चकनाचुर बनायो भनेपछि केही सत्तारुढ नेकपा र ठेकेदार कम्पनीका व्यक्तिहरुले धम्की पनि दिए ।
७ दिनसम्म जनश्रमदान गर्न लगाउने क्रममा ठेकेदार कम्पनीका मानिसहरुलाई खानासमेत गाउँलेले खुवाए । दशैंमा बत्ती बल्नेभयो भन्दै दसौंहजार खर्च गरेर घरमा वाइरिंग पनि गर्न लगाए, तर झलमल बत्ति बाल्ने र तीनकन्या बासीको योजना क्षणभरमैं सपना बन्यो । सडकबाट विलुलीको पोल र तार ओसार्नेलाई घिसिंगले ज्वाला त दिएनन् नैं तर एउटा खाल्डो बनेबापत दिने भनिएको ५ सय रुपैयाँ पनि केही मजदुरले अहिलेसम्म पाएका छैनन् । स्मरणीय छ, तीनकन्याका वडा अध्यक्ष र केही नेकपाका कार्यकर्ताको मिलेमतोमा एउटा खाल्डो बराबर ४ सय रुपैयाँ मात्रै दिएकाछन् ।

सिन्धुलीको सन्देश जनप्रिय साप्ताहिकले समाचार लेखेको छ ।