वीरगञ्जमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो

वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भइ अस्थायी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार राती करिब ८ बजे मृत्यु भएको सिंहले बताए ।

प्यारालाइसिस, मधुमेहका समेत बिरामी रहेका उनी कोरोना संक्रमण पुष्टि भइ गत साउन २७ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।

यसरी ज्यान गुमाउनेमा पर्साका १९, बाराका ५,रौतहटका एक र परिचय खुल्न नसकेका एक जना रहेका छन्।