तीन दिन अगाडि सिन्धुलीमा ठूलो संख्यामा लिइएको स्वाव सकलनका क्रममा गरिएको जाँचपछि १३ जना नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
१८८ जनाको स्वाब सं कलन गरी पिसिआर परिक्षण गर्नका लागि प्रादेशिक प्रयोगशाला हेटौडा पठाईएकोमा शुक्रबार १३ जनाको कोरोना सं क्रमण पोजेटिभ र बाँकीको निगेटिभ रिपोर्ट प्राप्त भएको हो । जिल्लामा पहिलो पटक यतिधेरै कोरोना सं क्रमणका बिरामी भेटिएका हुन् ।
कोरोना पोजेटिभ पाईएकाहरु मध्ये बिदशसबाट आएर कमलामाई नगरपालिका–६ माझिटारस्थित क्वारेन्टाईनमा बस्दै आएका २१ देखि ३६ बर्षभित्रका सात जना पुरुष रहेका छन् । ती मध्ये चार जना कमलामाई नगरपालिकाका र तीन जना तीन पाटन गाँउपालिकाका रहेका छन् ।
बाँकी संक्रमित मध्ये नेपाली सेनाको पर्याबरण गण रानीबास र सदरमुकामस्थित व्यारेकमा कार्यरत ३५ र ३६ बर्षका दुई जना नेपाली सेना रहेका छन् । त्यस्तै कमलामाई नगरपालिका–७ का १८ बर्षिय एक पुरुष, सिन्धुली अस्पतालमा कार्यरत कमचारी कमलामाई नगरपालिका –५ का ३५ बर्षिय महिला रहेका छन् ।
त्यस्तै क्ट्याक ट्रेसिङ गरेका महोत्तरी जिल्ला निवासी दुई जना पुरुष कोरोना संक्रमित रहेका र उनीहरु अहिले सिन्धुली जिल्लामा नरहेको उहाँले बताउनुभयो । यो सहित सिन्धुली जिल्लामा कोरोना संक्रमित बिरामीको संख्या ३३ पुगेको कार्यालयले जनाएको छ ।
कोरोना संक्रमित महोत्तरी जिल्लाका दुई जना बिरामीको उपचार उतै हुने र बाँकी ११ जनालाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भई रहेको छ ।
कोरोना सं क्रमित बिरामीलाई उपचार गर्न सिन्धुली अस्पतालमा आईसोलेसन बेड आठ वटा मात्रै रहेको र बाँकी बेड राममाडीस्थित एपोलो हस्पिटलमा बनाउन सुरु गरिएकोछ ।











