पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल चलिरहेको छ।
बिहीबार नौ दिनपछि वार्तामा बसेका दुई अध्यक्ष दोस्रा तहका नेताले तयार पारेको सहमतिको खाकाबारे छलफलमा बसेका हुन्।
बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ कार्यकारी अधिकार दिने, केन्द्रीय कमिटिलाई महाधिवेशन आयोजनक कमिटिमा रुपान्तरण गर्ने, आउँदो चैतमा महाधिवेशन गर्ने, आफूलाई पूरा कार्यकाल प्रधानमन्त्री बनाउनुपर्ने लगायतका प्रस्ताव पेश गरेका थिए।
उक्त प्रस्तावबारे अरु नेतारुसँग छलफल गरेर जवाफ दिने बताएर बालुवाटारबाट बाहिरएका दाहाल वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग छलफल गरेर ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन्।
बिहीबारको छलफल ‘सकारात्मक’ भएको दाबी गरिए पनि साँझ दाहाल नेपाल पक्षले ५ नम्बर प्रदेशका केन्द्रीय सदस्यसँग गरेको छलफलमा ओलीलाई एउटा पदबाट जसरी पनि राजीनामा गराउने बताएका थिए।
असार १० गते सुरु भएको स्थायी समिति बैठकमा दाहाल नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
साउत १३ गते एक पक्षीय रुपमा सुरु भएको स्थायी कमिटि अझै निश्चित भएको छैन।











