मल लिन लाइन बसेका स्थानीय कृषकहरुलाई कोरोना संक्रमणको डर छैन । उनीहरुलाई सामाजिक दुरी कायम गर भनेर सुरक्षाका लागि बसेका प्रहरीले भन्लान् कि ? भन्ने डर पनि लागेको छैन, उनीहरुका लागि अहिले एउटै डर छ, गोदाम नजिकै पुगेपछि मल सकियो, अब अर्को पटक लिन आउनु होला भन्ने ठूलो डर र चिन्ताले सताएको छ ।
कमलामाई नगरपालिका वडा नं. ५ सिलामेका कृषक केदार सत्याल १ बोरा मल लिनका लागि हिजो पनि २ नम्वर बजारमा झण्डै २ घण्टा लाइन बस्नुभयो, तर अन्तिममा मल सकियो भनेर सञ्चालकले जवाफ दिएपछि रित्तोहात घर फर्किनु भयो । अहिले पनि उहाँ ६ नंं वडा स्थित खरखरे उकालोमा लाइन बसेको ३ घण्टा भएको छ, लकडाउन र घरबाट आउँदा प्रहरीले हप्काएको कुराले उनलाई पिरोली रहेकोछ भने मल पाइने हो कि होइन भन्ने कुरा त छँदैछ ।
मल लिन लाइन बसेका झण्डै २ सय ५० भन्दा बढी किसानहरुले आज पनि मल पाउने संभावना अत्यन्त कम रहेको थाहा लागेको छ ।
फोटोः