नेकपाका नगरअध्यक्ष चुडामणी श्रेष्ठको निधन, पार्टीमा अपुरणीय क्षति पुगेको नेताहरुको भनाई


नेपाल कम्युनिष्ट पार्टी नेकपाका कमलामाई नगरकमिटी सिन्धुलीका अध्यक्ष एवम् लोकप्रिय नेता ५५ वर्षीय चुडमणी श्रेष्ठको हिजो निधन भएको छ । उहाँको एक श्रीमती धनकुमारी, एक छोरा किशोर र ईश्वर श्रेष्ठ हुनुहुन्छ । गत साता मात्रै उहाँ विरामी भएपछि थप उपचारका लागि धुलिखेल अस्पतालमा उपचाररत हुनुहुथ्यो ।
नेकपा भित्र चर्किएको बिवाद र सिन्धुली जिल्लामा नेताहरु बीच आएको विभाजनबाट अत्यन्त चिन्तित देखिंदै आउनु भएका श्रेष्ठ एक्कासी बिरामी भएपछि सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो ।
२०५४ सालमा तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएका स्वर्गीय श्रेष्ठ गएको स्थानीय निर्वाचनमा कमलामाई नगरपालिका वडा नं. ४ को अध्यक्ष पदका उम्मेदवार बन्नुभएको थियो भने कांग्रेसका महेन्द्र ढकालसँग ४६ मतले पराजित हुनुभएको थियो ।

Image may contain: one or more people, people standing and people on stage


सिन्धुली अस्पतालमा उपचार नहुने भएपछि उहाँलाई थप उपचारका लागि धुलिखेल पठाइएको थियो । उहाँको दुवै मिर्गौलामा समस्या देखिएपछि डायलोसिस गरिएको थियो भने मुटुमा भने सुधार भएको चिकित्सकले बताउँदै आएका थिए ।

Image may contain: one or more people, tree, crowd and outdoor

स्वर्गीय श्रेष्ठको शवलाई मंगलवार राती १२ बजेनैं जिल्ला पार्टी कार्यालयमा ल्याइएको थियो । आज बिहान ७ बजे देखी ९ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ भने उहाँको शव यात्रागरी मरिणखोलामा लगेर अन्तिम संस्कार गरिने कार्यक्रम तय भएको पार्टी सचिव प्रदीप कटुवालले जानकारी दिनुभयो ।
जिल्ला इन्चार्ज विषमलाल अधिकारी, जिल्ला अध्यक्ष राजन दाहाल, सचिव प्रदीप कटुवाल, उमा
कोइराला,प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्री, गणेश बुढाथोकी, कौशल कोइराला, डम्बर कार्की। नगर इन्चार्ज महेन्द्र श्रेष्ठ, नेताहरु प्रल्हाद पोखरेल, केशव देवकोटा, पुकार न्यौपाने, नारायण बराल, यमकुमार देवकोटा लगायतले श्रेष्ठको निधनले पार्टीमा ठूलो क्षति पुगेको सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ । पार्टी भित्र देखिएको विभाजनको त्रासबाट चिन्तित हुनभएका श्रेष्ठ नेकपा भित्र इमान्दार नेताका रुपमा चिनिनुहुन्थो । प्रदेश प्रकाशन गृह स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

Image may contain: one or more people, crowd, outdoor and nature