सिन्धुलीको निलकमल हार्डवेयर शिल

सिन्धुलीको रातमाटा स्थित निलकमल हार्यवेयरमा कोरोना संक्रमणका कारण शिल गरिएको छ । हार्डवेयर्सका सिन्धुलीका सञ्चालक नारायण कार्कीका दाईलाई कोरोना संक्रमण पुष्टि भएपछि सो हार्डवेयर शिल गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । स्थानीय प्रशासनका अनुसार कार्कीका दाई तराईमैं विरामी भएको र सिन्धुली आएर २ दिन बसेपछि थप उपचारका लागि काठमाडौ लगिएको थियो । विरामी दाजुलाई उपचारका लागि लिएर गएका कार्कीले अस्पतालसम्म लगेर फर्किएको र विरामीमा कोरोना पुष्टि भएपछि स्थानीय बासिन्दाको दबाबमा आजैबाट स्थानीय प्रशासनले सो पसल बन्द गरेको हो । कार्कीसँगै सो हार्डवेयरमा काम गर्ने दुई दर्जन मजदुरहरु रहेका छन् भने ती त्यहाँबाट सयौं मानिसमा संक्रमण भएको हुनसक्ने भन्दै स्थानीयले दुई साताका लागि रातमाटा शिल गराउन माग गरेका छन् । तर प्रशासन भने स्थानीय वासिन्दाको आवाजलाई सुन्ने पक्षमा देखिएको छैन ।
यसैबीच निलकमल हार्डवेयरका बीरगञ्ज स्थित गोदाममा कार्यरत मजदुरमा पनि संक्रमण पुष्टि भएपछि त्यहाँ पनि बन्द गरिएको समाचार प्राप्त भएका छन् ।